फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाङ द च्याङ र सिंगापुरका प्रधानमन्त्रीबीच भेट-वार्ता

(GMT+08:00) 2017-09-21 18:33:25

         चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य एवं चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष चाङ द च्याङले बीस तारिख पैचिङमा सिंगापुरका प्रधानमन्त्री ली स्येन लुङसँग भेट-वार्ता गर्नुभएको छ।

         सो अवसरमा चाङ द च्याङले सिंगापुर चीनको विशेष मैत्रीपूर्ण छिमेकी मुलुक हो भन्दै चीनको राष्ट्रिय जन कांग्रेसले सिंगापुर विधानसभासँगको मैत्रीपूर्ण आवत-जावत बढाएर दुई देश सहयोगलाई असल कानूनी र प्रणाली वातावरणको सिर्जना गरेर दुई देश सम्बन्धको विकास गर्न सक्रिय योगदान गर्ने इच्छा लिएको बताउनुभयो।

          प्रत्युत्तरमा ली स्येन लुङले सिंगापुरले चीनसँग आपसी सिकेर एक पेटी एक मार्गको प्रारुपमा व्यवहारिक सहयोगलाई बढाएर आपसी हितयुक्त सहयोग गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु