फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैंमा बलियो सुरक्षा व्यवस्था

(GMT+08:00) 2017-09-22 16:25:06

        महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बडादशैँ, तिहार तथा छठ पर्वका बेला सुरक्षाका लागि काठमाडौं उपत्यकामा पाँच हजार ४३७ प्रहरी खटाउने भएको छ।

        कार्यालयले दशैँ, तिहार तथा छठ पर्वमा चोरी, ठगी, डकैती, लुटपाट, पाकेटमारी, करणी, मानव बेचविखन, अपहरण, झैझगडा जस्ता घटनाको निगरानी तथा आवश्यक कारबाहीका लागि उक्त जनशक्ति खटाउन लागिएको हो।

         कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी जुवातास, लङ्गुर बुर्जा, मापसे सेवन गरी होहल्ला, कालोबजारी, पटाका, विभिन्न बहानामा हुने चन्दा आतंक, जर्बजस्ती असुली, गुण्डागर्दी, सवारी दुर्घटना रोक्न विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिएको हो।

          पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले घटना घटेको पाँच मिनेटमा घटनास्थल पुग्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो। कार्यालयले मठ मन्दिर, मेलापर्व, विमानस्थल तथा बसपार्क, होटल तथा गेष्ट हाउस, उपत्यका भित्रिने तथा बाहिरिने नाका, उपहार तथा चिठ्ठाको नाममा हुने ठगीलाई रोक्न विशेष सुरक्षा योजना लागू गरेको छ। यस्तै, घरदैलो कार्यक्रम सञ्चालन, सचेतना कार्यक्रम, अन्तक्रिया, नागरिक सुनुवाइ, सामुदायिक प्रहरी परिचालन, सामाजिक सञ्जाल तथा ट्राफिक एफएमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ। यसैगरी, यात्रुहरु नठगियून भन्नाका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने छ भने यात्रु सहायता कक्षमार्फत पनि सहयोग पुर्याइने छ। उपत्यकाका ३२ स्थानमा जाँच गर्ने प्रवन्ध गरिएको अनलाइन खबरले जनाएको छ।

जानकारी तथा लेखहरु