फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–बंगलादेश व्यापारिक आदान प्रदानको २० वर्ष

(GMT+08:00) 2017-09-22 16:25:32

        नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रायः सबै मुलुकसँग ऋणात्मक छ। बंगलादेशसँगको व्यापारलाई अपवादका रुपमा हेरिने गरेको थियो। तर, पछिल्ला वर्षमा बंगलाबन्ध नाकाबाट हुने व्यापार पनि निरन्तर ओरालो लाग्दै गएको अनलाइन खबरले लेखेको छ। नेपाल–बंगलादेश व्यापारमा उक्त नाका हुन थालेको १४ भदौमा २० वर्ष पुग्यो। यस अवधिमा नेपालले २९ अर्ब आठ करोड ५८ लाख रुपैयाँबराबरका सामग्री निर्यात गर्‍यो । आयातको परिमाण १९ अर्ब १९ करोड ८२ लाख रुपैयाँबराबरको छ। २० वर्षको आँकडा विश्लेषण गर्दा बंगलादेशसँगको व्यापार नौ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ बचतमा छ। पछिल्ला तीन वर्षमा भने बर्सेनि ऋणात्मक बन्दै गएको छ । निर्यात बढ्न नसके केही वर्षभित्रै बंगलादेशसँगको व्यापार पनि घाटामा जाने अधिकारीहरु बताउँछन्।

         आर्थिक वर्ष ०७१/७२ मा नेपालले एक अर्ब १५ करोड १८ लाख रुपैयाँबराबरको सामाग्री निर्यात गर्‍यो, नेपालले। आयात भने त्यसको दोब्बर अर्थात् दुई अर्ब ५३ करोड एक लाख रुपैयाँबराबरको भयो। यस्तै, आव ०७२/७३ मा एक अर्ब २६ करोड २७ लाख रुपैयाँबराबरको सामग्री नेपालले निर्यात गर्‍यो । बंगलादेशले नेपाल पठाएका सामग्री त्यसको तेब्बर अर्थात् तीन अर्ब ५० करोड ६३ लाख रुपैयाँका थिए।

         बंगलादेश निर्यात हुने वस्तुमा मुसुरो दालको मुख्य स्थान छ। नेपालबाट गहुँलगायत सामान पनि बंगलादेश निर्यात हुन्छन्। बंगलादेशबाट ब्याट्री, गार्मेन्ट, प्लास्टिकजन्य वस्तु, सिमेन्ट, सुर्ति, टमाटरको सस, बिस्कुट, प्लास्टिकका फर्निचर, मोबिल, आलु, दूध पाउडर, कस्मेटिक आइटमलगायत आयात हुन्छन्।

जानकारी तथा लेखहरु