फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत वर्ष एक लाख पचास हजार तिब्बती गरिबीबाट मुक्त

(GMT+08:00) 2017-09-22 16:32:56

        चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत बैंक निगरानी व्युरोका सदस्य एवम् उपप्रमुख चुङ्ग चुनले 21 तारिख बैंक उद्योगको नियमित पत्रकार सम्मेलनमा जनाउनुभएअनुसार सन्2017को जुन महिनासम्म तिब्बती बैंक उद्योगले जम्मा ९१ अर्ब ९८ करोड ६० लाख चिनियाँ युआन क्रेडिट रकम लिँदै गरिबी सहायता प्रदान गरेको छ। जसबाट सन्2016मा सारा तिब्बतमा जम्मा १ लाख ५० हजार तिब्बती गरिबीबाट मुक्त भएका छन्। यस जनसंख्याले सारा तिब्बतको कूल गरीब जनसंख्यामध्ये 24.9 प्रतिशत ओगटेको छ।

         गरिबी सहायता सम्बन्धी प्रत्यक्ष बैंकिङ्ग माग अनुकूल तिब्बती बैंक निगरानी व्युरोले अझ बढी ऋण स्रोत सिर्जना गर्न निर्देशन दिएको छ। साथै तिब्बती बैंक संस्थाले सक्रिय रुपमा विभिन्न सरकारी निकायसँग"तेह्रौं पञ्च वर्षिय"मा महत्वपूर्ण पूर्वाधार प्रबन्ध परियोजनाका लागि प्रयास गरिरहेको जनाएको छ।

जानकारी तथा लेखहरु