फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

72औं संयुक्त राष्ट्रयसंघीय महासभालाई चिनियाँ परराष्ट्र मन्त्रीद्वारा संवोधन

(GMT+08:00) 2017-09-22 16:35:14

        चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले 72औं संयुक्त राष्ट्रयसंघीय महासभाको साधारणसभामा भाग लिँदै भाषण दिनुभएको छ। उहाँका अनुसार संयुक्त राष्ट्रसंघले मानव जातिको शान्ति र विकासका लागि उल्लेखनीय योगदान गरेको देखिन्छ। तापनि हरेक व्यक्तिले शान्ति、विकास र सम्मान पाउने कल्पना पूरा हुन अझै बाँकी छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले दुई वर्षअघि राष्ट्रसंघको महासभामा बोल्दा "सहयोग र साझा फाइदा केन्द्रित नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण गर्दै एकताबद्ध जनसमूहका लागि प्रयास गर्नुपर्ने"धारणा राख्रुभएको थियो। यो आव्हान पूरै विश्व परिस्थितिबमोजिम प्रस्तुत गरिएको चीन प्रस्ताव हो।

        संवोधनमा मन्त्री वाङ्गले कोरियाली प्रायद्बीपको परिस्थिति、सिरिया संकट、प्यालेष्टाइन समस्या、आतंकवादी समस्या、जलवायु परिवर्तन आदि विषयबारेमा चीनको अडान र सुझाव व्याख्या गर्नुभएको छ। उहाँका अनुसार चीन सधैं शान्तिका लागि प्रयास गरिरहेको एक शक्ति हो। चीनले सधैं आफ्नो सपनालाई विभिन्न मुलुकका जनताको साझा सपनासँग मिलाउँदै अझ उज्यालो भविष्य सिर्जना गर्दै जाने छ।

जानकारी तथा लेखहरु