फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्री ब्रिक्स विदेश मन्त्रीस्तरीय सम्मेलनमा

(GMT+08:00) 2017-09-22 16:35:42

        चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले हिजो 21 तारिख न्यूयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभा अवधिमा ब्रिक्स विदेश मन्त्रीस्तरीय सम्मेलनमा भाग लिनुभएको छ। रुस、ब्राजिल、भारत र दक्षिण कोरियाका विदेश मन्त्रीहरुले पनि यस सम्मेलनमा भाग लिएका थिए।

         यस सम्मेलनमा परराष्ट्र मन्त्री वाङ्गले भन्नुभए अनुसार ब्रिक्स मुलुक नेतास्तरीय स्यामन सम्मेलन सफलता सम्पन्न भयो। पाँच सदस्य मुलुकका नेताहरुले रणनीतिबाट अझै घनिष्ट व्यापक चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको निर्माण गर्ने सहमति जनाएका थिए। वर्तमानको प्रथम कार्यभार भनेको स्यामन सम्मेलनका उपलब्धिलाई राम्ररी व्यवहारमा उतार्नु नै हो।

         उहाँले जोड दिनुभएअनुसार सबै ब्रिक्स मुलुक विश्वको शान्ति र विकासलाई संरक्षण गर्ने महत्वपूर्ण शक्ति हुन्। कोरियाली प्रायद्बीप आणविक समस्या,सिरिया,अफ्गानिस्तान आदि महत्वपूर्ण समस्याको राजनीतिक समाधानमा यी पाँच मुलुकले योगदान गर्नुपर्छ।,,

जानकारी तथा लेखहरु