फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेप्टेम्बरको अन्तअघि सबै रासायनिक हतियार नष्ट गर्ने रुसी उच्च अधिकारीको भनाइ

(GMT+08:00) 2017-09-22 18:39:15

       रुसको रासायनिक हतियार नष्टसम्बन्धी राष्ट्रिय समितिका अध्यक्ष मिखाइल बाबिचले रुसले सेप्टेम्बरको अन्तअघि सबै रासायनिक हतियार नष्ट गर्ने धारणा व्यक्त गर्नुभएको छ।

        बाबिचले उल्लेख गरेअनुसार, एकातिर रासायनिक हतियारले निकै जोखिम निम्त्याएको छ भने अर्कोतिर रुसले निश्चित समयअघि सबै रासायनिक हतियार नष्ट गरेबाट अरु देशका लागि उदाहरण पनि बन्नेछ। अमेरिकालाई उदाहरणका लागि अमेरिकाको रासायनिक हतियारको मात्रा रुसकोभन्दा तेह्र हजार टन कम छ तर सन् 2023सम्म मात्रै अमेरिकाले सबै रासायनिक हतियार नष्ट गर्ने पनि बाबिचले बताउनुभयो।

         थाहा भएअनुसार, रुसले सन् 2018को डिसेम्बर एकतीस तारिखअघि सबै रासायनिक हतियार नष्ट गर्ने बचन दिएको थियो तर रुसका राष्ट्रपति पुटिनले त्यसलाई अघि सारी यसै सेप्टेम्बरको अन्तअघि पूरा गर्न निर्देशन दिनुभएको हो।

जानकारी तथा लेखहरु