फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्गमा नेपाल प्रतिवद्ध रहेको नेपालकी सभामुखको भनाइ

(GMT+08:00) 2017-09-23 14:46:39

        चीन भ्रमणमा रहेकी सभामुख ओनसरी घर्तीले नेपाल ओबिओआरमा प्रतिबद्ध रहेको बताउनुभएको छ। चीनको पल्लो शान्सी प्रान्तमा बिहीबारदेखि चलेको तीनदिने सातौं युरो–एसिया इकोनोमिक फोरममा चिनियाँ उपप्रधानमन्त्री वाङ याङसँगको भेटमा सभामुख घर्तीले सो कुरा बताउनुभएको हो। सो अवसरमा उपप्रधानमन्त्री वाङले ओबिओआर परियोजनाले अन्तरदेशीय लिंक गर्ने मात्र नभइ यस परियोजनामा सामेल भएका देशहरूको आर्थिक विकासका लागि बल पुग्नेमा चीन आशावादी रहेको बताउनुभएको नेपालखबर अनलाइनले लेखेको छ।

        भेटमा सभामुख घर्तीले बेल्ट एण्ड रोड इनिसियटिभ्समा सामेल हुनका लागि नेपालले एमओयुमा हस्ताक्षर गरेको सुनाउँदै एक पेटी एक मार्गको अभियानमा नेपाल प्रतिबद्ध रहेको बताउनुभयो। नेपालको भ्रमण वर्ष २०१७ लाई चीनको समर्थन प्राप्त भएकोमा धन्यवाद दिँदै उनले धेरै चिनियाँ पर्यटकलाई नेपाल पठाउने पहल गर्न पनि चीनसँग आग्रह पनि गर्नुभयो।

         शान्सीका गभर्नर तोङ च्युन पनि सहभागी रहेको वाङ याङसँगको सो भेटवार्तामा सभामुख घर्तीले नेपालमा चिनियाँ लगानी भित्र्याउने, अवरूद्ध तातोपानी नाका खुलाउने लगायत आपसी हितका विषयमा कुरा राखेको संसद सचिवालयका उपसचिव मदनप्रसाद पोखरेलले जानकारी दिनुभयो। सभामुख घर्तीले प्रान्तीय संसदका उपप्रमुख, प्रान्तीय कृषि विभागका प्रमुख लगायतसँग पनि भेटवार्ता गर्दै सिआनसँगको भगिनी सम्बन्ध रहेजस्तै नेपाल पनि अब संघीय प्रणालीमा गएकाले प्रान्तीय सम्बन्ध विकासका साथै नेपालमा चिनियाँ कृषि प्रविधि भित्र्याउने विषयमा पनि कुराकानी गर्नुभयो।

जानकारी तथा लेखहरु