फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको संविधान उत्कृष्ट रहेको नेपालका प्रधानमन्त्रीको धारणा

(GMT+08:00) 2017-09-23 14:47:08

       प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान जनताका मौलिक हक र समावेशिताका लागि विश्वमै उत्कृष्ट भएको बताउनुभएको छ। संविधान दिवसका अवसरमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले शुक्रबार संयुक्त राष्ट्र संघ मुख्यालयमा आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान जारी भएपछि जनताले पाएका सबै प्रकारका अधिकार कसैले खोस्न नसक्ने भएको बताउनुभयो।

        सबैको सहभागितामा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र सफल रुपमा सम्पन्न भएको बताउँदै उहाँले यसै वर्ष संविधानअनुसारका संघीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन लागेको जानकारी दिनुभयो।

        नेपालले विभिन्न चुनौतीका बाबजुद सशस्त्र द्वन्द्वलाई संवाद र वार्ताका माध्यमबाट निष्कर्षमा पुर्याएको घटना विश्वका लागि नै प्रेरणादायी हुने भन्दै उहाँले यसै परिवेशमा नेपालले राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यमा दिएको उम्मेदवारीप्रति सहयोग गर्न विश्व समुदायलाई आग्रहसमेत गर्नुभयो।

        प्रधानमन्त्री देउवाले शुक्रबारै अमेरिका र आसपासका मुलुकका नेपाली राजदूतलाई यहाँ बोलाई सम्बन्धित दूतावासका कामकारबाही र चुनौतीका बारेमा चासो राख्नाका साथै मुलुक र जनताको हितमा काम गर्न निर्देशन दिनुभयो।

जानकारी तथा लेखहरु