फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा एक पेटी एक मार्ग विषयक गोष्ठी

(GMT+08:00) 2017-09-23 14:47:38

         दक्षिण एशियाली मुलुकलाई चीनसँग जोडेर आर्थिक विकास गर्न चिनियाँ राष्ट्रपति सी पिँगको 'वान बेल्ट वान रोड' (एक क्षेत्र एक मार्ग) प्रस्तावमा छलफलका लागि यहाँ अन्तराष्ट्रिय सम्मेलन प्रारम्भ भएको छ। तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान र पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले संयुक्तरूपमा आज आयोजना गरेको सो दुईदिने सो सम्मेलनमा चीन, भारत, बंगलादेश, पाकिस्तान तथा नेपालका प्रतिनिधि सहभागी रहेको नागरिकन्यूज डटकमले लेखेको छ।

         सम्मेलन शुभारम्भ गर्दै नेकपा एमालेका नेता माधवकुमार नेपालले दक्षिण एशियाली क्षेत्रको विकास शान्ति र स्थिरताबाट मात्र सम्भव हुने भएकाले एक डलरभन्दा कम आम्दानी हुने यस क्षेत्रका जनताको आर्थिक विकासका लागि सबैले गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले यस क्षेत्रका जनताले भोगेका समस्या तथा विकासका प्रयासबारे आ–आफ्नो अनुभव आदान–प्रदान गरी निश्कर्ष निकाल्न आग्रह गर्नुभयो।

        चिनियाँ विश्लेषक तथा सछ्वान विश्वविद्यालयका प्राध्यापक वाङ् चाउले चीन र दक्षिण एशियाली मुलुकलाई जोडेर आर्थिक विकास गर्ने चीनको पहललाई मूर्तरूप दिन चीनले एक अध्ययन केन्द्र स्थापना गरी कार्य प्रारम्भ गरेको बताउनुभयो। भारतीय प्राध्यापक राज सान्धुले गरिबीको चपेटामा परेका यस क्षेत्रका जनताको आर्थिक समृद्धिका लागि हामी सबै एकताबद्ध हुनुपर्ने औँल्याउनुभयो।

          पाकिस्तानको पीआइपीएक्स इन्स्टिच्युटका निर्देशक एम अमिर राना, बंगलादेशका मानव अधिकारकर्मी डा मिजानुर रहमान, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिनेशचन्द्र देवकोटाले चीनको प्रविधि, कृषि, यातायात, दू्रतत्तर विकास नेपालजस्ता अल्पविकसित मुलुकका लागि प्रेरणादायी भएको बताउनुभयो।

जानकारी तथा लेखहरु