फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकले बहुपक्षीयताको दृढ समर्थन गर्नुपर्ने चिनियाँ परराष्ट्रमन्त्रीद्वारा स्पष्ट

(GMT+08:00) 2017-09-23 14:48:39

       स्थानीय समय एकाईस तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले न्यूयोर्कमा राष्ट्रसंघको महासभाका अवसरमा ब्रिक्स मुलुक विदेशमन्त्री बीचको भेट-वार्तामा ब्रिक्स मुलुकले बहुपक्षीयतालाई कडा समर्थन गर्नुपर्ने र बहुपक्षीयता मामिलालाई सधैं नै अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

        उहाँले बहुपक्षीयता ऐतिहासिक छनोट, वास्तविक आवश्यकता, भविष्यको दिशा भएको पनि बताउनुभयो। उहाँले ब्रिक्स मुलुकले संयुक्त राष्ट्र संघ मुख्य केन्द्र रहेको अन्तर्राष्ट्रिय प्रणालीको पनि दृढ समर्थन गर्ने बताउनुभयो। उहाँले हाल विश्वमा धेरै समस्या देखापर्नुका पछाडि संयुक्त राष्ट्र संघको वडापत्रको पालना नगरिनाले भएको दावी गर्नुभयो। उहाँले विभिन्न पक्षद्बारा "वडापत्र"को आधारभूत सिद्धान्तको पालना गर्नुका साथै वडापत्रको सुरक्षा प्रणाली भूमिकालाई निर्वाह गर्न ब्रिक्स मुलुकले झन् झन् हौस्याउनुपर्ने पनि औंल्याउनुभयो।

जानकारी तथा लेखहरु