फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत सम्बन्ध अगाडि बढाउँदै जानुपर्ने चिनियाँ राजदूतको भनाइ

(GMT+08:00) 2017-09-23 14:49:06

        एक्काईस तारिख भारतका लागि चीनका राजदूत लो चाउ ह्वै भारतको नयाँ दिल्लीमा आयोजित "चीन र भारतबीचको सम्बन्धको विकास प्रवृति" विषयक गोष्ठीमा सहभागी हुनुभयो।

        उहाँले ब्रिक्स मुलुक नेताबीचको स्यामन वार्तामा चीन र भारतका नेताले दुवै मुलुकबीचको सम्बन्धलाई अगाडि बढाउन मतैक्यता जनाएको भन्दै यसबाट दुवै मुलुकबीचको सम्बन्धलाई नयाँ अध्यायमा अघि लगेको विचार व्यक्त गर्नुभयो।

        गोष्ठीमा उहाँले ब्रिक्स मुलुक नेताबीचको स्या मन वार्तामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले द्वीपक्षीय वार्ताबारे ठोस जानकारी दिनुभयो। राष्ट्राध्यक्ष सीले दुबै पक्षले एकअर्काका लागि विकासका मौका ल्याउने भएकाले आपसी अन्तर्विरोध राख्न नहुने बताउनुभयो। यसप्रति भारतीय प्रधानमन्त्री मोदी पनि सकारात्मक रहेको राजदूत लोले बताउनुभयो।

         गोष्ठीमा सहभागी भारतीय विद्वानहरुले दुवै मुलुकबीचको सम्बन्ध विकासका लागि निकै राम्रा सुझावहरू पनि प्रस्तुत गरेका थिए।

जानकारी तथा लेखहरु