फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्रालय र संयुक्त राष्ट्र संघद्वारा्"एक पेटी एक मार्ग"निर्णय प्रस्तावमा हस्ताक्षर

(GMT+08:00) 2017-09-23 14:50:40
         चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यी र संयुक्त राष्ट्र संघीय महासचिव एन्टोनियो गुटेरेसले हिजो 22 तारिख न्यूयोर्कमा संयुक्त राष्ट्र संघीय मुख्यालयमा आयोजित《जन गणतन्त्र चीनको परराष्ट्र मन्त्रालय र संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक मामिला विभागबीच "एक पेटी एक मार्ग"निर्णय प्रस्ताव, समझदारी-पत्र》को हस्ताक्षर समारोहमा भाग लिनुभएको छ।

         संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि र संयुक्त राष्ट्र संघीय उपमहासचिव ल्यु चनमिनद्वारा हस्ताक्षर गरिएको यस स्मृतिपत्रले द्बीपक्षीय सहयोगलाई मजबुत बनाउँदै एक पेटी एक मार्ग सम्बन्धित तटवर्ती विकासोन्मुख मुलुकको विकास शक्तिलाई उकास्ने लक्ष्य लिएको छ। यसमा खास तथा प्रभावकारी सहयोगलाई व्यवहारमा उतार्ने、क्षमता सिर्जना गर्ने、अनुभव बाँड्ने、नीतिको अनुसन्धान गर्ने आदि विषय समेटिएको छ।

जानकारी तथा लेखहरु