फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा कोरियाली प्रायद्वीप सम्बन्धी विभिन्न पक्षलाई संयम राख्न आव्हान

(GMT+08:00) 2017-09-23 14:51:09

        अमेरिकी ह्वाइटहाउसले हिजो 22 तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मून जाय इनद्वारा 21 तारिख न्यूयोर्कमा आयोजना गरिएको भेटवार्ता सम्बन्धी मुख्य विषय सार्वजनिक गर्दै यी दुबै पक्षले शान्तिपूर्ण माध्यममार्फत् उत्तर कोरियालाई आणविक हतियार त्याग्न लगाउने लक्ष्यका लागि प्रयास गर्दै जाने पुनः दोहोर्याएका छन्। यी दुबै पक्षले सकेसम्म उत्तर कोरियामाथि दबाव र नाकाबन्दी गराउनु नै आवश्यक माध्यम भएकोमा सहमति पनि जनाएका छन्।

         चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले 22 तारिख पत्रकार सम्मेलनमा वर्तमान जटिल कोरियाली प्रायद्वीप परिस्थितिमा सम्बन्धित विभिन्न पक्षले संयम राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। सबै सम्बन्धित पक्षले वचनवद्धताका साथ संयुक्त प्रयास गर्नु नै वास्तविक रुपमा कोरियाली प्रायद्वीप समस्याको समाधान गर्न सकिने उपाय हो। उत्तर कोरियाले आणविक हतियारको विकासलाई रोक्नुपर्ने अडानमा चीन सदैव अडिग छ। साथै अमेरिकी सरकारले उत्तर कोरियामाथि नयाँ नयाँ चरणका एकपक्षीय नाकाबन्दी गर्नु पनि संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद प्रारुप बाहिर हुने भएकाले चीनले यसखाले एकपक्षीय नाकाबन्दीको पनि विरोध गरेको छ।

जानकारी तथा लेखहरु