फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पहिलो पाकिस्तान उद्धार चिकित्सा टोली पाकिस्तानको ग्वादार हार्बरमा

(GMT+08:00) 2017-09-23 14:51:37

         पाकिस्तानका लागि चीनको पहिलो उद्धार चिकित्सा टोलीले 22 तारिख पाकिस्तानको ग्वादार हार्बरमा पुगी स्थानीय बासिन्दालाई दुई वर्षको लागि चिकित्सा सेवा प्रदान गर्ने भएको छ।

         चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन व्यूरो र चीनको रेडक्रस सोसाइटीद्वारा पठाइएका बाह्र जनाको यस चिकित्सा टोली ग्वादार हार्बरमा रहेका"चीन-पाकिस्तान प्रेमिल चिकित्सा आपतकालीन केन्द्र"मा तैनाथ हुने छ। यस वर्षको मे 7 तारिख चीनको रेडक्रस सोसाइटीद्वारा निर्माण गरिएको "चीन पाकिस्तान प्रेमिल चिकित्सा आपतकालीन केन्द्र"ग्वादार हार्बरमा औपचारिक रुपमा सञ्चालनमा आएको थियो। चीनको चिकित्सा टोलीले आफ्नो दुई वर्षको काम सम्पन्न भएपछि यस केन्द्रको सञ्चालित कार्यभारलाई पाकिस्तानको रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्ने छ।

जानकारी तथा लेखहरु