फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दसैंका लागि पोखरामा चिनियाँ सेता च्यांग्रा भित्रिए

(GMT+08:00) 2017-09-24 14:40:12

        दसैंका लागि व्यापारीले पोखरामा चिनियाँ सेता च्यांग्रा ल्याएका छन्। उनीहरूले च्यांग्रालाई दार्चुला, मुगु र डोल्पाबाट मुस्ताङ हुँदै पोखरा भित्र्याएका हुन्। चिनियाँले ऊन उत्पादनका लागि सेता रङका च्यांग्रा पाल्ने गर्छन्। यिनै सेता च्यांग्रा मासुका लागि व्यापारीले नेपाली बजारमा ल्याएका हुन्। सेतो रङको ऊन विश्व बजारमा माग भएको मध्येमा पर्छ।

        नेपालतर्फ जोडिएका चिनियाँ कृषकहरूले सेता च्यांग्रा उत्पादनमा ठूलो लगानी गरेका छन्। यी सेता च्यांग्रा मुस्ताङ, मनाङ, मुगु, डोल्पा, दार्चुलालगायत नजिकका चिनियाँ गाउँहरूमा पालिँदै आएका छन्। ईकान्तिपुर अनलाइनका अनुसार दसैंको मौका छोपी नेपाली बजारमा मासुका लागि यिनै च्यांग्रा लुकिछिपी भित्र्याउने गरिएको छ।

        कोही कोहीले तिब्बतबाट ल्याउने गरे पनि आफूले ल्याएको च्यांग्रा स्थानीय भएको व्यापारीहरूको दावी छ। यसपटक मुस्किलले २५ प्रतिशत बाहिरी व्यापारीहरू आएका जिल्ला पशु कार्यालय मुस्ताङले जनाएको छ। अधिकांश व्यापारीहरू मुस्ताङ, मुगु, डोल्पा र दार्चुलाकै छन्।

        पशु कार्यालयका अनुसार १० प्रतिशत भेडा–च्यांग्रा मात्र मुस्ताङको उत्पादन भएको र अन्य सबै डोल्पाबाट भित्रिएका हुन्। डोल्पाबाट भित्रिएका च्यांग्रा चीनको तिब्बतबाट सिमानाका व्यापारीले मुस्ताङको रुट हुँदै पोखरा पुर्‍याएका हुन्। क्वारेन्टाइन चेक जाँच गरी मुस्ताङको रुट भएर पोखराको बजारमा पुगेका भेडा–च्यांग्राको संख्या १९ हजार ६ वटा रहेको पशु कार्यालयले जनाएको छ। तर, यसको दोब्बर संख्यामा भेडा–च्यांग्रा चेक जाँच नगरीकनै बजारमा पुर्‍याइएको अनुमान छ।

जानकारी तथा लेखहरु