फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इस्लामिक स्टेटको कब्जामा रहेका क्षेत्रहरू पुनः इराकी सेनाको नियन्त्रणमा

(GMT+08:00) 2017-09-24 14:41:43

        इराकी संचारमाध्यमहरूका अनुसार, चरमपन्थी समूह "इस्लामिक स्टेट"ले नियन्त्रणमा लिएका अन्तिम दुई वटा क्षेत्रलाई पुनः फिर्ता गर्नका लागि इराकी सेनाले हालै उत्तरी इराकको किर्कुप र पश्चिमी भागको अल-अन्वर क्षेत्रमा आतंकवाद विरूद्धको कारवाही संचालन गरेको छ। हाल सो कारवाहीमा सफलता प्राप्त भएको समाचारमा जनाइएको छ।

         उत्तरी किर्कुप प्रान्तको हाविजाह क्षेत्रमा सैनिक कारवाही एक्काईस तारिखदेखि शुरु भएको थियो। केही दिनको संघर्षपछि सरकारी सेनाले हाविजाह क्षेत्रको पश्चिमी भागको अलजाप गाउँ क्षेत्र र अरु एक सय भन्दा बढी गाउँ क्षेत्रलाई पुनःनियन्त्रणमा लिएको छ। यो कारवाही प्रशासनिक केन्द्र हाविजाह क्षेत्रमा पुगिरहेको छ।

          त्यस्तै पश्चिमी भागको अल-अनवर प्रान्तमा "इस्लामिक स्टेट"ले नियन्त्रणमा लिएको अल-गाइम, रावाह, अन्ना सहित तीनवटै गाउँ क्षेत्रमा इराकी सेनाको कारवाही सोह्र तारिखदेखि संचालन गरिएको थियो। सरकारी सेनाले एक्काईस तारिख अन्ना गाउँ क्षेत्रलाई पनि पूर्णरूपमा पुनःनियन्त्रणमा लिएको छ।

जानकारी तथा लेखहरु