फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी वमवर्षक विमानद्वारा उत्तर कोरियाली जल क्षेत्रको आकाशमा हवाई गस्ती

(GMT+08:00) 2017-09-24 14:42:12

         अमेरिकी रक्षा मन्त्रालयले २३ तारिख केही बमवर्षक विमानहरूले लडाकू विमानको सुरक्षाका लागि उत्तर कोरियाको पूर्वी जल क्षेत्रको आकाशमा उडान गरिएको जनाएको छ।

        अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता दाना ह्वाइटले एउटा वक्तव्यमा अमेरिकाले उत्तर कोरियाको कारवाहीमा उच्च ध्यान दिनुका साथै यो उडानबाट उत्तर कोरियाको खतराबारे थाहा पाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाअन्तर्गत सैनिक गतिविधि भएको जानकारी दिनुभयो।

         हालै अमेरिकी सरकारले उत्तर कोरियातर्फ कडा रवैया देखाउँदै आएको छ। १९ तारिख राष्ट्रपति ट्रम्पले राष्ट्रसंघको महासभामा "उत्तर कोरियालाई पूर्ण रूपमा नष्ट गर्ने" कुरा बोल्नुभएपछि २१ तारिख उत्तर कोरियामाथि दवाव स्वरूप नयाँ चरणको नाकाबन्दी घोषणा गरिएको थियो।

          अमेरिकाको यस दवावप्रति उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग-उनले एउटा वक्तव्यमा ट्रम्पको भनाइप्रति सबैभन्दा कडा कदम चाल्ने चेतावनी दिनुभएको थियो।

जानकारी तथा लेखहरु