फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आ पा तिब्बती तथा छ्याङ्ग जातीय स्वायत्त प्रिफेक्चरको गैर-भौतिक साँस्कृतिक सम्पदाको प्रद‌र्शनी बैंककमा

(GMT+08:00) 2017-09-24 14:43:07

        चीनको स छ्वान प्रान्तको आ पा तिब्बती तथा छ्याङ्ग जातीय स्वायत्त प्रिफेक्चर गैर-भौतिक साँस्कृतिक सम्पदा प्रद‌र्शनी 23 तारिख थाईल्याण्डको बैंककस्थित चिनियाँ साँस्कृतिक केन्द्रमा आयोजना गरिएको छ।

         बैंकक-चीन साँस्कृतिक केन्द्र、पैचिङ्ग जातीय साँस्कृतिक सम्पदा संरक्षण कोष र सछ्वान प्रान्तीय आ पा तिब्बती तथा छ्याङ्ग जातीय स्वायत्त प्रिफेक्चरको सँस्कृति तथा प्रेस प्रकाशन व्युरोद्वारा संयुक्त रुपमा आयोजना भएको यस प्रदर्शनीमा परम्परागत नाच、संगीत、संगीत वाद्ययंत्र、पोशाक शो आदि रमाइला कार्यक्रम प्रस्तुत गरिएको छ।

           साँस्कृतिक प्रदर्शनी बाहेक चिनियाँ साँस्कृतिक केन्द्रले गैर- भौतिक साँस्कृतिक सम्पदा प्रद‌र्शनीको आयोजना गर्दै तिब्बती पोशाक निर्माण प्रविधि、तिब्बती औषधि、थाङ्का सम्बन्धी प्रदर्शनी पनि देखाएको छ।

जानकारी तथा लेखहरु