फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र रुसबीच "‌समुद्री संघ,2017"सैनिक अभ्यास

(GMT+08:00) 2017-09-24 14:43:33

        स्थानीय समयअनुसार 23 तारिख चीन र रुसबीचको"‌समुद्री संघ,2017"सैनिक अभ्यासले समुद्री वास्तविक ड्रिलको दोस्रो दिन प्रवेश गरेको छ। यी दुबै पक्षले जापानी सागरको पिटर द ग्रेट बेमा लडाकु जहाज टोली हवाई सुरक्षा、पनडुब्बी प्रतिरोध、जहाज प्रतिरोध गरी चार विषयमा संयुक्त अभ्यास गरेका छन्।

         हिजोको अभ्यास सम्पन्न भएपछि चिनियाँ नौ सेनाको क्षेप्यास्त्र विनाशक युद्धपोत श च्या च्वाङ्ग जहाजका कप्तान ली च क्वोले जानकारी दिनुभएअनुसार यो अभ्यासबाट आधारभूत रुपमा अपेक्षित उद्देश्य पूरा भएको छ। जसबाट जटिल र अपरिचित समुद्री वातावरणमा सेनाको अनुकूलन क्षमता、प्रतिक्रिया क्षमता र लडाकु क्षमतालाई उकास्न सकिनेछ।

जानकारी तथा लेखहरु