फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"एक पेटी एक मार्ग, एकतावद्ध संसार"विषयक पूर्ण मिडिया अन्तर्राष्ट्रिय साँस्कृतिक आदानप्रदान कार्यक्रम वल्लो शान्सीमा

(GMT+08:00) 2017-09-24 14:44:02

        चिनियाँ अन्तर्राष्ट्रिय रेडियो、चीनको सार्वजनिक कूटनीतिक परिषद、वल्लो शान्सी सरकारद्वारा संयुक्त रुपमा संयोजन गरिएको "एक पेटी एक मार्ग,एकतावद्ध संसार"शीर्षकको पूर्ण मिडिया अन्तर्राष्ट्रिय साँस्कृतिक आदानप्रदान कार्यक्रम 23 तारिख वल्लो शान सि प्रान्तको ताथोंगको युनकाङ चट्टान गुफामा सुरु भएको छ।

         सन्2013 सेप्टेम्बरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले "एक पेटी एक मार्ग"सहयोगात्मक निर्णय प्रस्ताव प्रस्तुत गर्नुभएदेखि यता चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र चीनको सार्वजनिक कूटनीतिक परिषदले हातमा हात मिलाएर विभिन्न स्थानका स्थानीय सरकारसँग श्रृंखलावद्ध अन्तर्राष्ट्रिय साँस्कृतिक आदानप्रदान कार्यक्रमको आयोजना गर्ने गरेको छ। साथै चीनमा बसेका विदेशीहरू、विशेष दूत、राष्ट्रिय मिडियाका पत्रकारहरूलाई चिनियाँ शहरको भ्रमणका लागि निम्त्याउँदै एक पेटी एक मार्गको भावना तथा भावार्थ प्रसार गर्दै आएको छ।

         चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका उपाध्यक्ष हु पाङ्ग शङ्गले यस कार्यक्रममा भाग लिँदै बताउनुभए अनुसार ता थोंग चीनको सबैभन्दा राम्रो प्रतिनिधित्व गर्ने साँस्कृतिक प्रसिद्ध शहरमध्येको एक हो। अनि विश्व साँस्कृतिक पूरातात्विक सम्पदाको रुपमा युन काङ चट्टान गुफामा भारत、मध्य एशिया、पश्चिम एशियाका कलाकारहरूको कलातत्व र युरोपको साँस्कृतिक विशेषता मिलाइएको छ। त्यसैले यस शहरसँग सुधार、समावेशी、खुलापन、मैत्री शहरी विशेषता रहेको छ।

         23 तारिखदेखि भारत、पाकिस्तान、नेपाल、लाओस、म्यानमार、थाइल्याण्ड、फिलिपिन्स、बंग्लादेश、श्रीलंका、अफ्गानिस्तान आदि 14 मुलुकका मिडियाहरुले ता थोंगमा संयुक्त साक्षात्कार पनि गरेका छन्।

जानकारी तथा लेखहरु