फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ शहरको सब केन्द्रको निर्माण हुँदै

(GMT+08:00) 2017-09-25 18:22:36

चीनको राजधानी पैचिङको पूर्वी भागमा अवस्थित थुङचौ क्षेत्रमा मानववस्ती नियन्त्रणका लागि सब केन्द्रको निर्माण भैरहेको छ। यो पैचिङ शहरको ठाउँ तथा जग्गाजमिनको बन्दोबस्त तथा परिवर्तन, ठूला शहरमा देखिने समस्याहरुको समाधान एवम् नयाँ क्षेत्रको विकासको माँगसँग मेल खाएको छ। साथै यस केन्द्रले पैचिङ, थेनचिन तथा हपै प्रान्तको संयुक्त विकासलाई अघि बढाउने तथा जनसंख्या घनिभूत क्षेत्रको श्रेष्ठ विकास तरिकाबारे अध्ययन गर्ने छ।

बताए अनुसार, पैचिङ सब केन्द्रको योजनात्मक क्षेत्रफल १५५ वर्गकिलोमिटर छ र थुङचौ क्षेत्रको कूल क्षेत्रफल ९०६ किलोमिटरको छ भागमा एक भाग ओगट्ने योजना छ।

अनुशासित रुपमा राजधानीबाहेक पैचिङका अन्य भूमिकालाई अन्यत्र सार्ने पैचिङ, थेनचिन तथा हपै प्रान्तको संयुक्त विकास क्रममा प्राथमिकता दिइएको कार्य हो। पैचिङ शहरको सब केन्द्रको निर्माणको हाराहारीमा राजधानीको राजनैतिक, सांस्कृतिक, बैज्ञानिक तथा अन्तर्राष्ट्रिय आदानप्रदान भन्ने चारवटा भूमिका आधारित चारवटा केन्द्रको नि‌र्माण गरिँदै छ।

जानकारी तथा लेखहरु