चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनका लागि अक्टोबर 11 तारिखदेखि प्रेस केन्द्र सञ्चालन हुनेछ। साथै उक्त प्रेस केन्द्र पैचिङ्ग मिडिया होटेलमा राखिने छ।
प्रेस केन्द्रले 19औं महाधिवेशनको जानकारी दिने हंङ्गकंङ्ग र मकाउ विशेष प्रशासनिक क्षेत्र तथा थाइवान क्षेत्र र विदेशका सम्वाददाताहरुका लागि परिचयपत्रलगायतका आवश्यक सामाग्रीहरू उपलब्ध गराउनुका साथै प्रेस र पत्रकार सम्मेलनको आयोजना गर्नेछ। साथै आवश्यक सूचना सेवा र प्राविधिक प्रत्याभूति दिनका लागि प्रेस केन्द्रले औपचारिक वेबसाइटका साथै विच्याट खाता पनि खोलेको छ।
प्रेस केन्द्रअन्तर्गत विदेशी सम्वाददातासम्बन्धी विभागको सम्पर्क टेलिफोन नम्बर-68576100 , 68576200 र 68576300 हुन्।