फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दसैं विदाले गर्दा पोखरामा आन्तरिक पर्यटकको भीड

(GMT+08:00) 2017-10-05 14:18:22

दसैं विदा मनाउन आन्तरिक पर्यटक पोखरा आउने क्रम बढेसँगै पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा चहलपहल बढेको छ। छुट्टीको समय पारेर मुस्ताङ, मनाङलगायत अन्नपूर्ण पदयात्रा क्षेत्र र पोखरा आउने पर्यटक बढेकाले पोखरामा पर्यटकको चहलपहल बढेको अन्नपूर्ण पोष्ट अनलाइनले जनाएको छ।

पोखरामा यस वर्ष आन्तरिक पर्यटक बढी पुगेका छन्। यस वर्ष दसैं चाँडै परेकाले विदेशी पर्यटकको आगमन कम भएको देखिएको छ। यस दसैंमा अन्तरिक तथा बाह्य पर्यटक गरी होटलका ८० प्रतिशत कोठा पर्यटकले भरिएको अध्यक्ष तुलाचनले बताउनुभयो। पछिल्लो समय नेपालीको घुमफिर प्रवृति बढेकाले दसैं, तिहार, नयाँ वर्षमा पोखरा घुम्न आउने आन्तरिक बढी देखिएको पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले बताउनुभयो।

हिमालपारीको जिल्ला मुस्ताङमा आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन्। मुस्ताङको जोमसोम, लोमान्थाङमा पनि पर्यटकले ठूला होटलदेखि साना होटल र स्थानीयको घरमा पर्यटक बस्ने गरेका छन्। पछिल्लो समय मनाङ क्षेत्रमा भ्रमण गर्ने आन्तरिक पर्यटक बढेका हुन्। मुस्ताङजस्तै मनाङमा पनि सडक सञ्जाल बनेपछि आन्तरिक पर्यटकको चाप बढेको हो । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल हेर्न र विश्वकै लोकप्रिय थोरङपास पुगेर मुस्ताङ निस्कने गरी पर्यटक पदयात्रातर्फ आकर्षित भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटन अधिकृत रश्मि आचार्यले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु