फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा अग्निनियन्त्रण केन्द्र विस्तार गरिने

(GMT+08:00) 2017-10-06 14:27:48

मेलम्ची आयोजनाबाट पानी वितरण सुरु भएपछि काठमाडौं उपत्यकामा आगलागी नियन्त्रण प्रभावकारी बन्ने भएको छ। मेलम्ची आयोजनाले नै काठमाडौंभित्रै विभिन्न स्थानमा दमकलले पानी भर्न मिल्ने गरी आधुनिक प्रविधिमा आधारित 'फायर हाइड्रेन्ट' राख्न थालेको छ। मेलम्ची आयोजना कार्यान्ययन एकाइका प्रमुख तिरेश खत्रीका अनुसार उपत्यकाका तीन सयभन्दा बढी स्थानमा दमकलले पानी भर्न सक्ने गरी फायर हाइड्रेन्ट जडानको तयारी गरिएको छ। कतिपय स्थानमा यसको जडान सुरु भएको छ।

यसले आगलागी नियन्त्रणका लागि पानी भर्न दमकललाई चक्रपथबाहिरका विभिन्न स्रोतसम्म नै पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ। शहरी क्षेत्रमा फायर हाइड्रेन्ट निकै आवश्यक प्रविधि मानिन्छ । आगलागीको जोखिम व्यवस्थापनका लागि यस्ता हाइड्रेन्ट प्रभावकारी मानिन्छ। शहरका सबैजसो भागमा यस्तो प्रविधि जोड्ने अन्तर्राष्ट्रिय अभ्यास पनि छ।

काठमाडौंको मेलम्चीको पाइपलाइन बिछ्याउने क्रममै हाइड्रेन्ट जोड्न थालिएको हो। शहरका आवासीय तथा कोर एरिया, मुख्य व्यापारिक क्षेत्रहरुमा फरक-फरक प्रविधिका हाइड्रेन्ट जोड्न लागेको प्रमुख खत्रीले जानकारी दिनुभयो। पाइप बिछ्याउने क्रममै आयोजनाले फायर हाइड्रेन्ट रहने स्थानको पहिचान गरिसकेको छ। र, त्यसैअनुसार सडक किनारामा पोइन्टहरु राखिएका छन्। रिंगरोडभित्र छिटो पानी भर्ने स्रोत नभएकोले अब विपदका समयमा हाइड्रेन्टहरु निकै उपयोगी हुने अपेक्षा गरिएको छ।

जानकारी तथा लेखहरु