फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तुमा पर्यटकको चहलपहल बढ्यो

(GMT+08:00) 2017-10-07 14:15:41

सूर्योदय दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी इलामको अन्तुमा मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम शुरु भएको छ।

सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै स्थानलाई आँखै अघिनै नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन लेप्चा जातिको लोपोन्मुख संस्कृति, कृषिबाट सुधारिएको जीवनशैली, व्यावसायिक फूलखेती, थुम्काथुम्कामा मौलाएको हरियाली चियाबारीको 'ग्रीन कार्पेट'लगायतले पर्यटकको आकर्षणको केन्द्र बनेको छ।

गोर्खाको सिरुबारी र लमजुङको घलेगाउँपछि अन्तुलाई नेपाल पर्यटन बोर्डले ग्रामीण पर्यटनको सूचीमा राखेपछि पर्यटक आउने क्रम बढेको पर्यटन विकास केन्द्र अन्तुका अध्यक्ष धनकुमार आलेले बताएको गोरखापत्रअनलाइनले लेखेको छ।

यहाँको जातीय झाँकी, पुरातात्विक वस्तुको संग्रहालय पुष्प र कृषि प्रदर्शनीले पनि पर्यटकलाई आनन्दित बनाएको छ। साथै अन्तु पोखरीमा डुंगा सयर गर्दै मनोरम दृश्य नियाल्न पाउँदा पर्यटक हर्षित हुने गरेका छन्।

अन्तु पर्यटन विकास केन्द्रले पर्यटकको बसाई र घुमाइको लागि प्रबन्ध मिलाएको छ। स्थानीय अन्तु र समालबुङका चार दर्जन घरमा पर्यटकलाई पेइङगेष्टको आधारमा खाने बस्ने प्रबन्ध मिलाइएको छ।

जानकारी तथा लेखहरु