फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शरद ऋतुमा पर्वतारोहीहरू नेपालका साना हिमालतर्फ आकर्षित

(GMT+08:00) 2017-10-08 13:25:33

हिमाल आरोहणका दुई सिजन छन्, वसन्त र शरद ऋतु । वसन्त ऋतुलाई सगरमाथा आरोहणको सिजनका रुपमा बढी चिनिन्छ। असोज र कात्तिक अर्थात् शरद ऋतुमा साना हिमालतिर आरोही आकर्षित हुने गर्दछन्। पर्यटन विभागका अनुसार यस पटक हालसम्म ९२ वटा दलले साना हिमाल आरोहणको अनुमति लिइसकेका छन्, जसमा सातसय आठ जना आरोही छन्। गत वर्षभन्दा यसपटक आरोही बढ्ने आकलन विभागको रहेको अनलाइन खबरले जनाएको छ।

महानिर्देशक दिनेश भट्टराईका अनुसार अनुमति लिने क्रम कात्तिकभरि नै चलिरहने भएकाले कति दलले साना हिमाल आरोहण गर्छन् भन्ने यकिन गर्न सकिँदैन। यो सिजनमा मनास्लु हिमाल आरोहीको विशेष आकर्षणमा रहन्छ। हालसम्म २१ वटा टोलीले उक्त हिमशिखर चढ्ने अनुमति लिएका छन्। अनुमति लिएकामध्ये अधिकांश टोलीले मनास्लुको शिखर चुमिसकेका छन्।

गत वर्ष यही सिजनमा साना हिमाल चढ्ने एक सय ६३ वटा आरोही दल थिए। कुल आरोही एक हजार एक सय २५ जना थिए।

६ हजार पाँच सयदेखि आठ हजार मिटरसम्म उचाइका हिमाच्छादित पहाडहरुलाई साना हिमाल भन्ने गरिएको छ । त्यसभन्दा बढी उचाइलाई ठूला हिमाल भन्ने गरिएको छ। सगरमाथा, मनास्लु, कञ्चनजंघा, ल्होत्से, मकालु, चो–ओयु, धौलागिरी र अन्नपूर्ण गरी आठ वटा ठूला हिमाल छन्, नेपालमा। तीभन्दा कम उचाइका साना हिमाल २० वटा छन्।

जानकारी तथा लेखहरु