फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इन्डोनेसियामा हुने खेलकुदका लागि नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता

(GMT+08:00) 2017-10-08 13:27:59

सन् २०१८ मा इन्डोनेसियामा हुने एसियाली खेलकुद प्रतियोगितामा नेपालबाट सहभागी जनाउने राष्ट्रिय प्याराग्लाइडरको छनोटका लागि कात्तिक १५ देखि २० गतेसम्म स्याङ्जामा पहिलो पटक अन्तर्राष्ट्रिय खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ।

हवाई पर्यटनका माध्यमद्वारा हवाई खेलकुदको सम्भावना र अवसरका बारेमा विश्वभरि जानकारी गराउने र प्याराग्लाइडरको क्षमता विकास गराई स्याङ्जालाई प्याराग्लाइडिङ पर्यटकीय क्षेत्रका रूपमा परिचित गराउने लक्ष्यसहित द बाबु एडभेन्चर क्लबको आयोजनामा सो प्रतियोगिता गरिने भएको हो।

खुला आकाशमा हावाको तरंगमा बहँदै रमाउने प्याराग्लाइडिङ खेललाई व्यवस्थित एवं प्रतियोगितात्मक ढंगबाट परिचित गराउन पनि पर्यटनकर्मीसँगै जिल्लावासीले पाँचदिने प्याराग्लाइडिङ प्रतियोगिताको आयोजना गर्न लागेका हुन्। प्रतियोगितामा २० देशका दुई सय जना प्याराग्लाइडिङ पाइलटले सहभागिता जनाउने अपेक्षा गरिएको पर्यटन विकास समितिमा उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। प्रतियोगितामा २० देशका दुई सय जना प्याराग्लाइडिङ खेलाडीको सहभागिता रहने अन्नपूर्ण अनलाइनमा खबर छ।

प्रतियोगितामा नेपाल हवाई खेलकुद संस्था, राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, नेपाल ह्याङग्लाइडिङ तथा प्याराग्लाइडिङ संघ, अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ म्यागाजिनले प्रवद्र्धन र प्राविधिक सहयोग गर्नेछ।

जानकारी तथा लेखहरु