फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत यु होङद्वारा नेपालका प्रधानमन्त्रीसँग भेटवार्ता

(GMT+08:00) 2017-10-08 17:28:20

नेपालका लागि चिनियाँ राजदूत यु होङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ। बालुवाटारमा भएको भेटमा राजदूत युले चिनियाँ कम्युनिस्ट पार्टीको आसन्न १९ औँ नेसनल कंग्रेसबारे देउवालाई अवगत गराएको बालुवाटार स्रोतलाई उधृत गर्दै अन्नपूर्ण पोस्ट अनलाइनले जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ नेसनल कांग्रेस अक्टोबर १८ मा सुरु हुँदैछ।

देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको नेसनल कांग्रेसको सफलताको शुभकामना दिनुभएको थियो। देउवाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईका अनुसार राजदूत युले नेपालले चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) मा सहभागिता जनाएकोमा प्रशंसा गर्दै त्यसबाट नेपालले लाभ लिनेमा विश्वास व्यक्त गर्नुभएको थियो।

नेपालले गत वैशाखमा बीआरआईमा सहभागी हुनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको भए पनि चिनियाँ लगानी भित्र्याउन परियोजना छनोट गरी चीनसँग ठोस प्रस्ताव राख्न सकेको छैन। बीआरआई अवधारणाअन्तर्गत रेल, सडकलगायत कनेक्टिभिटी तथा भौतिक पूर्वाधार विकासका परियोजना निर्माण गर्ने सहमति दुई देशबीच विगतमा भइसकेको छ।

जानकारी तथा लेखहरु