फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीन सयभन्दा बढी सवारी साधन केरुङतर्फ

(GMT+08:00) 2017-10-09 17:46:19

नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक तथा कन्टेनर धमाधम केरुङ जान थालेका छन्।

बडादशैँयता ३६८ वटा ट्रक,कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक,कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले जनाएको राससले लेखेको छ।

साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालबाहक ट्रक तथा कन्टेनर लामबद्ध भई सडकमा आफ्नो पालो कुरिरहेको बताइएको छ।

चीनबाट स्याउ, तयारी कपडा, बच्चाका खेलौना, विद्युतीय सामान, कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायतका सामग्री आयात हुने गरेको टिमुरेस्थित भन्सार कार्यालयले जनाएको छ।

जानकारी तथा लेखहरु