फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

८० घन्टा ४ मिनेट बोलेर अनन्तरामले तोडे विश्व रेकर्ड

(GMT+08:00) 2017-10-09 17:47:26

नुवाकोटका अनन्तराम केसीले लगातार ८० घन्टा ४ मिनेट बोलेर विश्व रेकर्ड कायम गरेका छन्। यसअघि भारत गुजरातका आश्विन सुंडाईको ७५ घन्टा ३२ मिनेटलाई तोड्दै केसीले ४ घन्टा ४ मिनेट बढी बोलेर गिनिज बुक अफ वल्ड रेकर्ड्समा नाम दर्ता गराएको आयोजक लायन्स क्लब अफ काठमाडौं बिहानीले जानकारी दिएको अन्नपूर्ण पोस्टले लेखेको छ।

असोज १९ गते बिहान ६ बजेर ५८ मिनेट देखि २२ गते दिउँसो ३ बजेर २ मिनेटमा ८० घन्टा ४ मिनेट पार गरेको समय मूल्यार्नी संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिए। लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा भएको कार्यक्रममा केसीले लगातार प्रवचन दिएका थिए। उनले ७७ वटा विषयमा आफ्नो भाषण प्रस्तुत गरेको लायन्स क्लब अफ काठमाडौं बिहानीका प्रवक्ता प्रदीप भुसालले जानकारी दिए।

काठमाडौंको टेक्सास कलेजको कम्युनिटी हलमा आइतबार पत्रकार सम्मेलन गरेर विश्व रेकर्डबारे जानकारी गराएको आयोजक संस्थाका अध्यक्ष नारायण रिजालले बताए।

जानकारी तथा लेखहरु