फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा भूकम्प प्रतिरोध तथा प्रकोप उद्धार सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्ने

(GMT+08:00) 2017-10-09 17:47:51

चीनको भूकम्प व्यूरो अन्तर्गत अन्तर्राष्ट्रिय सहयोग विभागका उप प्रमुख वाङ माङ ताले हालै पैचिङमा चीनको भूकम्प व्यूरोले "एक पेटी एक मार्ग" सम्बन्धी एकचालीस वटा मुलुकसँग द्विपक्षीय सहयोग सम्बन्धलाई स्थापना गर्दै भूकम्पको अनुगमन, भूकम्पको रोकथाम, जरुरी उद्धार र विज्ञान र प्रविधि अनुसन्धान आदि क्षेत्रमा सकारात्मक सहयोग गरेको जानकारी दिनुभएको छ।

बताए अनुसार, केहि वर्षयता आर्मेनिया, टर्की, इन्डोनेशिया, पाकिस्तान, नेपाल आदि क्षेत्रमा भूकम्प गएको छ, लाखौं मानिसहरुको मृत्यु भएको छ।

उप प्रमुख वाङले हालसम्म चीनको भूकम्प व्यूरोले लाओस, म्यान्मार, पाकिस्तान, इन्डोनेशिया यी चार वटा मुलुकका लागि चौब्बीस वटा भूकम्प स्टैशन र पाँच वटा डेटा केन्द्र स्थापना गरेको पनि बताउनुभयो। सन् 2017मा चीनको भूकम्प व्यूरोले नेपाल तथा लाओसको भूकम्प स्टैशन सहायता परियोजनालाई पूर्णरुपमा शुरु गरेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु