फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बङगलादेश र म्यान्मार सीमा क्षेत्रको नदीमा डुङ्गा दुर्घटना कम्तिमा बाह्रको मृत्यु

(GMT+08:00) 2017-10-09 18:22:14

बङगलादेशका प्रहरीका अनुसार, रोहिन्या जातिका मानिसले भरिएको एउटा डुङ्गा आठ तारिख राति म्यान्मारबाट बङगलादेश जाने क्रममा पल्टिएबाट हालसम्म कम्तिमा बाह्र जनाको मृत्यु भएको छ र साथै धेरै मान्छे बेपत्ता भएका छन्।

प्रहरीका अनुसार हालसम्म भेट्टिएका बाह्र वटा लाशमा दश बालबालिकाहरुको र एक एक वटा महिला र पुरुषको रहेका छन्। मृतक अझै बढ्ने सम्भावना रहेको छ। बङगलादेशको समुद्र प्रहरी टोली र सीमा क्षेत्रको सेनाले दुर्घटना भएको ठाउँमा खोजि र उद्धार काम गरिरहेका छन्।

जानकारी तथा लेखहरु