फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-फिलिपिन्स वित्तीय सहयोगबाट दुई देशबीचको सम्बन्धमा गहिरो विकास हुने चीनको परराष्ट्र मन्त्रालयको भनाइ

(GMT+08:00) 2017-10-09 18:38:40

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले फिलिपिन्सले चिनियाँ यूआन रेनमिनबीमा ऋणपत्र तथा बण्ड्स निकाल्न चाहेको विषयलार्इ चीनले स्वागत गरेको भन्दै सम्बद्ध कदमबाट दुई देशबीचको वित्तीय तथा लगानी सहयोगलाई गहन पारी चीन-फिलिपिन्स सम्बन्धको गहिरो विकासलाई अझै बढाउन मद्दत पुग्ने व्यक्त गर्नुभएको छ।

सेप्टेम्बर नौ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्व छोन यिङले उक्त कुरा बताउनुभएको हो। फिलिपिन्स वित्त मन्त्रालयले हालै प्रकाशित गरेको वक्तव्यका अनुसार, फिलिपिन्सले आगामी नोभेम्बरमा बीस करोड अमेरिको डलर बराबरको रेनमिनबीमा ऋणपत्र निकाल्ने छ भने भविष्यमा अझ धेरै यस्ता ऋणपत्र निकाल्नेछ। यसको प्रतिकृया दिँदै प्रवक्ता ह्वाले चीनले त्यसको स्वागत गर्नुका साथै सम्बद्ध कदमबाट दुई देशबीचको वित्तीय तथा लगानी सहयोगलाई गहन पारी फिलिपिन्सको आवश्यक प्रबन्ध निर्माण गर्न सहयोग गरेर चीन-फिलिपिन्सबीचको सम्बन्धको गहिरो विकास गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु