फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक वृद्धिको लक्ष्य सहजै पूरा हुने दाबी

(GMT+08:00) 2017-10-10 16:16:27

सरकारले चालू आर्थिक वर्षमा लिएको ७.२ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सहजै पूरा हुने दाबी गरेको छ। गत आवको आर्थिक वृद्धिलाई आधार मानेर सरकारले चालू आवका लागि ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ। चालू आव सुरु भएसँगै तराईमा गएको बाढीका कारण कृषिमा ठूलो क्षति भएको भन्दै आर्थिक वृद्धि खुम्चिन सक्ने दातृ निकायले प्रक्षेपण गरिरहेका बेला सरकारबाट यस्तो प्रतिक्रिया आएको कारोबार दैनिकले लेखेको छ।

अर्थ मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर गत वर्षमा भन्दा चालू आवमा कृषिमा सुधार आएको भन्दै आर्थिक वृद्धि सहजै हासिल हुने दाबी गरेको हो। अर्थसचिव शान्तारज सुवेदीले तराई डुबानमा परेपनि कृषिमा उल्लेख्य सुधार भएको र चालू आवमै निर्वाचन हुन लागेको भन्दै आर्थिक परिसूचकहरू चलायमान हुने बताएका छन्।

उनले राष्ट्रिय गौरवका आयोजनाहरूले स्पीडमा काम गइरहेको र तल्लो तहलाई वित्त हस्तान्तरण गरिसकेको भन्दै आर्थिक गतिविधि बढ्ने बताए। साथै नेपाल सन् २०३० सम्म मध्य आय भएको मुलुकमा प्रवेश गर्ने बताउँदै यसलाई आधार मानेर पनि सबैलार्इ सशक्त रुपमा काम गर्न आह्वान समेत गरेका छन्।

जानकारी तथा लेखहरु