फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कारागारमा आयआर्जन

(GMT+08:00) 2017-10-10 16:17:11

विभिन्न मुद्दामा परेर सजाय भोगिरहेका तनहुँ कारागारका कैदीबन्दीहरू आफूले जानेका सीप सदुपयोग गर्दै आयआर्जन गर्न थालेका छन्। सरकारले उपलब्ध गराउँदै आएको प्रतिकैदी ४५ रुपैयाँ र ७ सय ग्राम चामलले अपुग हुने भएपछि थप आय आर्जनतर्फ उनीहरू लागेका हुन्। कारागारभित्रै उनीहरूले मुढा बुनेर गरिएको कमाइ घर खर्चका लागि समेत पठाउने गरेका छन्।

कारागारमा रहेका १ सय १३ जना कैन्दीबन्दीमध्ये ५० जनाले मुढा बुनेर आयआर्जन गरिरहेका छन्। त्यतिकै बसेर समय खेर फाल्नुभन्दा कामसँगै समय बित्ने र आम्दानी हुने भएकाले मुढा बुन्ने गरेको कैदीबन्दीको भनाइ रहेको नयाँ पत्रिकाले लेखेको छ। उनीहरूले बाँसबाट उत्पादन गरिने मुढा, डाइनिङ टेबललगायतका सामग्रीहरू बनाएर आम्दानी लिने गरेका छन्। कारागारमा रहेका कैदीबन्दीमा भएको सीप सीपविहीन भएका कैदीबन्दीलाई समेत सिकाउने गरेको बताएको छ।

कारागारका कैदीबन्दीले मुढा बुनेर दसैँमा मात्र ७ लाख रुपैयाँ आम्दानी गरेको जिल्ला कारागार तनहुँको तथ्यांकमा देखिएको छ। उनीहरूले बुनेका मुढा २ सयदेखि ७ सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ।

यही पेसाबाट प्रतिकैदीबन्दीले मासिक रूपमा ७ हजारदेखि १० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। कैदीबन्दीले बुनेका मुढाको सुपथ मूल्य र गुणस्तरीयताका कारण बजारमा माग बढेको छ। उनीहरूले बुनेका बाँसका मुढा दमौली, आँबुखैरेनी, भिमाद, पोखरा, लम्जुङलगायतका ठाउँमा बिक्री हुँदै आएको छ। विशेष गरी पर्यटकीय नगरी पोखरामा तनहुँका कैदीबन्दीले बुनेका मुढाहरू खपत हुने गरेको छ।

जानकारी तथा लेखहरु