फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको दिवाली महोत्सवमा राजधानीमा आतिशबाजी बिक्रीमाथि प्रतिबन्ध

(GMT+08:00) 2017-10-10 18:31:52

भारतीय सर्वोच्च अदालतले नौ तारिख घोषणा गरेअनुसार, आगामी अक्टोबर उन्नाइस तारिख पर्ने भारतीय दिवाली महोत्सव मनाउने क्रममा राजधानी नयाँ दिल्ली तथा त्यस वरिपरिका क्षेत्रमा एकतीस तारिखसम्म आतिशबाजी बिक्री निषेध गरिनेछ।

दिवाली महोत्सवको अवधिमा राजधानीको वायु सूचकाङ्क सामान्य समयभन्दा चौध गुना बढेकोले गत वर्ष भारतीय वातावरण संरक्षण विभागले सर्वोच्च अदालतमा राजधानीमा आतिशबाजी बिक्रीमा प्रतिबन्ध लगाउन माग गरेको थियो। गत नोभेम्बर एघार तारिखमा भारतीय सर्वोच्च अदालतले राजधानी क्षेत्रमा व्यापारीलार्इ आतिशबाजी बिक्री अनुमति पत्र दिने कार्य स्थगन गर्ने निर्णय गरेको थियो।

जानकारी तथा लेखहरु