फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्ष चीनको आर्थिक बृद्धि दर 6.5 प्रतिशत पुग्ने

(GMT+08:00) 2017-10-10 18:38:07

चिनियाँ तथ्याङ्क व्यूरोका प्रमुख निङ च्ये चले विगत पाँच वर्षदेखि चीनको आर्थिक बृद्धि मध्य-उच्च-द्रुत गतिले विकास भएको तथा राष्ट्रिय शक्ति र अन्तर्राष्ट्रिय प्रभाव झन् झन् बढेको बताउनुभएको छ।

उहाँले यस वर्ष चीनको आर्थिक बृद्धि दर 6.5 प्रतिशत पुग्ने र यसमा कुनै समस्या नआउने पनि बताउनुभएको छ।

चीन सरकारले सार्वजनिक गरेको प्रतिवेदनमा सन् 2013देखि सन् 2016सम्म चिनियाँ राष्ट्रिय कूल गार्हस्थ उत्पादनको औसत वार्षिक वृद्धि दर 7.2 प्रतिशत पुगेको छ। सोहि अवधिमा विश्वको कूल गार्हस्थ उत्पादनको औसत वार्षिक वृद्धि दर 2.6 प्रतिशत रहेको छ र विकासोन्मुख अर्थव्यवस्थाको कूल गार्हस्थ उत्पादनको औसत वार्षिक वृद्धि दर 4प्रतिशत रहेको छ।

पाँच व‍र्षभित्र चीनको आर्थिक ढाँचामा सकारात्मक परिवर्तन भएको छ। साथै आपूर्ति व्यवस्थाको क्रममा चुस्त कार्यक्रम गहन रुपमा बढाइएको छ र सेवा उद्योगले राष्ट्रिय आर्थिक क्षेत्रमा धेरै ठूलो भाग ओगटेको छ भने उपभोग आर्थिक वृद्धिको मुख्य शक्ति रहेको छ।

जानकारी तथा लेखहरु