फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनबाट आयात हुन्छन् तिहारमा बालिने झिलिमिली बत्ती

(GMT+08:00) 2017-10-11 17:45:56

तिहार नजिकिएसँगै धेरैले आफ्नो घरमा झिलिमिली बत्ती बाल्ने योजना बनाउन थालेका छन्। तिहारमा बालिने यस्ता झिलिमिली बत्ती सबै चीनबाट आयात हुने गरेको छ। व्यवसायीले वार्षिक ४० करोड रुपैयाँबराबरको झिलिमिली बत्ती चीनबाट आयात गर्ने गरेका छन्।

हाल नेपालमा लोडसेडिङ घटेकाले यस प्रकारका बत्तीको माग बढेको नेपाल विद्युतीय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष महेन्द्रकुमार राठी बताउँछन्। साथै भारतमा यसप्रकारका बत्ती उत्पादन नहुने हुँदा सीमावर्ती सहरका मानिसले पनि नेपालबाट बत्ती किनेर लैजाने भएकाले बजारमा अभाव हुनसक्ने उनले बताएको नयाँ पत्रिकाले लेखेको छ। उनका अनुसार भारतको सीमावर्ती सहरमा चाहिने सबै झिलिमिली बत्ती नेपालबाट जाने गरेको छ।

तर, बिकेन भने एक वर्षसम्म राख्नुपर्ने भएकाले बिक्री हुनेभन्दा कम आयात गर्ने गरिएको पनि उनले बताए। तिहारको चार दिनमा सबै बत्ती बिक्री गरिसक्नुपर्ने बाध्यताका कारण आयात बढी गर्न नसकिएको उनको भनाइ छ। उनका अनुसार चार दिनमा नबिकेमा अर्को वर्षका लागि राख्नुपर्छ। त्यसरी राख्दा बिग्रने, गोदाम भाडा, लगानीको ब्याजजस्ता कुराले धेरै घाटा हुने हुनाले आयात बढाउन नसकेको उनले बताए।

अहिले आयात भएका झिलिमिली बत्ती एलइडी प्रविधिमा आधारित भएकाले यसले बढी विद्युत् खपत नगर्ने राठीले दाबी गरे।

जानकारी तथा लेखहरु