फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कूटनैतिक उपायमार्फत कोरियाली प्राद्वीप समस्याको समाधानमा प्राथमिक्ता अमेरिकी राज्य परिषद्दवारा व्यक्त

(GMT+08:00) 2017-10-11 18:23:00

अमेरिकी राज्य परिषदले दश तारिख कूटनैतिक उपायमार्फत कोरियाली प्राद्वीप समस्याको समाधान नै उपयुक्त समाधान भएको र यसलार्इ प्राथमिक्ता दिएको जनाएको छ।

अमेरिकी राज्य परिषद्का प्रवक्ता हिथर नौर्तले हिजो दश तारिख आयोजित पत्रकार सम्मेलनमा कुनै पनि मानिसले मुलुक मुलुकबीच युद्ध भएको हेर्न नचाहने बताउनुभयो। उहाँले कूटनीती उपायमार्फत कोरियाली प्राद्वीप समस्याको समाधान नै उपयुक्त उपाय भएको र यसैलार्इ प्राथमिक्ता दिएको तथा ह्वाइट ह्वाउस, विदेश मन्त्री रेक्स तिलर्सन तथा रक्षा मन्त्री जेम्स मातिसले पनि यसै अडानलाई पुनःपुष्टि गर्नुभएको बताउनुभयो।

तर प्रवक्ता नौर्तले कसैलार्इ पनि सैनिक हस्तक्षेप तथा युद्ध मन नपरे तापनि अमेरिकासँग सैन्य माध्यम नै वैकल्पिक विकल्प रहेको पनि स्पष्ट पार्नुभएको थियो।

गत सेप्टेम्बर तीन तारिख उत्तर कोरियाले अन्तर्राष्ट्रिय समाजको विरोधको बावजुद परमाणु परीक्षण गरेको थियो। एघार तारिख सुरक्षा परिषदले नं 2375 निर्णय पारित गर्दै उत्तर कोरियामाथि नयाँ नाकाबन्दी शुरु गरेको थियो।

जानकारी तथा लेखहरु