फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र रुसद्वारा उत्तर-पूर्वी एशिया सुरक्षा वार्ता आयोजित

(GMT+08:00) 2017-10-11 19:10:14

 

दश तारिख आठौं चीन र रुस उत्तर-पूर्वी एशिया सुरक्षा वार्ता मस्कोमा आयोजित भएको छ। आज एघार तारिख पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुङ यीङले दुवै पक्षले कोरियाली प्रायद्वीप परिस्थितिमा उच्च ध्यान दिएको बताउनुभएको छ। कोरियाली प्रायद्वीप तथा क्षेत्रीय शान्ति र स्थिरतालाई सुरक्षा गर्नु पर्दछ भन्नेमा दुवै पक्ष एकमत भएको पनि उहाँले बताउनुभयो।

प्रवक्ता ह्वाले दुवै पक्षले कोरियाली प्रायद्वीप क्षेत्र आणविक रहितको लक्ष्यलाई पुनःपुष्टि गरेको पनि बताउनुभयो।

जनाए अनुसार, चीन र रुसले वार्तामा अमेरिका र दक्षिण कोरियाद्वारा दक्षिण कोरियामा "थाद" तैनाथ गरेको विषयमा विरोध गरेका छन्।

जानकारी तथा लेखहरु