फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी सैनिक पोत चीनको प्रादेशिक समुद्रमा अनाधिकृत रूपमा प्रवेश-चीनद्वारा कडा विरोध

(GMT+08:00) 2017-10-11 19:12:25

बताए अनुसार, हिजो दश तारिख अमेरिकी "चाफी"नामक सैनिक पोत चीनको प्रादेशिक समुद्री भूभागमा अनाधिकृत रूपमा चीनको सिशा द्वीपपुँज प्रादेशिक समुद्रमा प्रवेश गरेको छ। चीनको सैनिक पोतले अमेरिकी सैनिक पोत अनाधिकृत रूपमा प्रवेश गरेको प्रमाणित गरी चेतावनी दिँदै चीनको प्रादेशिक समुद्री भूभागबाट बाहिर पठाएको छ।

सोबारे चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुङ यीङले आज एघार तारिख आयोजित पत्रकार सम्मेलनमा सिशा द्वीपपुँज चीनको भूमि भएको र अमेरिकी सैनिक पोतको कारवाहिबाट चीनको कानून र सम्बन्धित् अन्तर्राष्ट्रिय कानून उल्लङ्घन भएको बताउनुभयो। उहाँले अमेरिकी सैनिक पोतको कारवाहिबाट चीनको सार्वभौमिक्ता र सुरक्षा हितमाथि गम्भिर रुपमा क्षति पुर्याएको भन्दै चीनले कडा विरोध गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु