फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआर्इकर्मी चेतनाथको 'चीन चियाउँदा'पुस्तक सार्वजनिक

(GMT+08:00) 2017-10-12 16:37:36

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा चार वर्षदेखि कार्यरत तथा विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय चेतनाथ आचार्यले चार वर्षमा चीनमा भोगेका, सुनेका, देखेका, पढेका कुराहरूलाई समेटेर संस्मरणात्मक कृति ल्याएका छन्।

उनको चीन संस्मरण'चीन चियाउँदा'पुस्तक काठमाण्डुमा बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, कवि तथा प्राज्ञ सुलोचना मानन्धर, चीन अध्ययन केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराई र चिनियाँ दूतावासका ची कुवान लीलगायतले सार्वजनिक गरेका छन्।

आचार्यको पुस्तकले नेपालीहरूलाई चीन चिनाउने कोसिस गरेको कुलपति उप्रेतीले बताए। सरल भाषामा चीनका सांस्कृतिक, सामाजिकलगायत विविध पक्षलाई यसमा समेटिएको उनले बताए। यसमा चीनको बृहत् इतिहासलाई वर्णनात्मक नभई कथा वा संवादको शैलीमा संक्षिप्त रूपमा प्रस्तुत गरिएको पनि उनले बताए।

नेपाली सञ्चारमाध्यमहरूमा चीनबारे नियमित लेखिरहे पनि अखबारी लेखनमा औपचारिक भाषा, सीमित शब्द, उच्च विश्लेषण आदि विविध सीमाको कारण समेट्न नसकेका कुराहरूलाई पुस्तकमा समेटेको आचार्यले बताएका छन्। 'चीन चियाउँदा' विशाल चीन चिन्ने सिंगो तस्बिर नभइ एउटा सानो आँखीझ्याल भएको पनि बताए।

'चीन चियाउँदा' सांग्रिला बुक्सले प्रकाशन गरेको हो।

जानकारी तथा लेखहरु