फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका इरान आणविक सम्झौताबाट बाहिरीएमा अमेरिकालार्इ हानी पुग्ने - इरानका राष्ट्रपतिद्वारा व्यक्त

(GMT+08:00) 2017-10-12 18:08:33

 इरानका राष्ट्रपति हसन रोहानीले यदि अमेरिका इरान आणविक सम्झौताबाट बाहिरीएको खण्डमा अमेरिकाले विगतमा गरेका गल्तीहरू दोहोर्याउने बताउँदै अमेरिकाले आफ्नै अहित गर्ने बताउनुभएको छ।

रोहानीले सम्झौतामा सम्मिलित विभिन्न देशले आफ्नो साख र अन्तर्राष्ट्रिय समाजको विश्वास तथा सुरक्षाका लागि इरान आणविक समस्या सम्बन्धी चौतर्फि सम्झौतालाई कार्यान्वयन गर्नुपर्छ पनि भन्नुभयो। हालै अरु देशले पनि अमेरिका उक्त सम्झौताबाट बाहिरीन चाहेकोमा विरोध गरेका छन्र।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको पदमा निर्वाचित भए पछि अमेरिकाले इरान आणविक सम्झौताबाट बाहिरिने इच्छा व्यक्त गरेको थियो। यता इरानले पुनः वार्ता आयोजनाका लागि पुनःपुष्टि गरेको छ।

सन् 2015को जुलाईमा इरान र इरान आणविक सम्बन्धित छ वटा मुलुक अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन र जर्मनीले इरान आणविक समस्या चौतर्फि सम्झौतामा हस्ताक्षर गरेको थियो।

जानकारी तथा लेखहरु