फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वित्तीय प्रणालीको कमजोरीबाट विश्व आर्थिक बृद्धिमा खतरा पुग्ने अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा व्यक्त

(GMT+08:00) 2017-10-12 18:14:48

अन्तर्राष्ट्रिय मुद्रा कोषले हिजो एघार तारिख विश्व वित्तीय परिस्थिति स्थिर रहेको भन्दै वित्तीय प्रणालीको कमजोरीबाट विश्व आर्थिक बृद्धिमा खतरा पुग्ने जनाएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले हिजो सार्वजनिक गरेको "विश्व वित्तीय स्थिरता प्रतिवेदन"मा हालै वित्तीय खतरा बैकिङ क्षेत्रबाट गैह्र बैंकको वित्तीय क्षेत्रमा सरेको पनि जनाएको छ।

सो प्रतिवेदनमा विश्वको मुख्य अर्थव्यवस्थाको ऋण स्तर झन् बढी रहेको उल्लेख गर्दै सोबाट विश्व आर्थिक स्थिरतामा खतरा देखिएको पनि जनाएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वका मुख्य केन्द्रिय बैंकले उचित मौद्रिक नीति कायम राख्नुका साथै वित्तीय प्रणालीको चुनौतीको सामनाका लागि आवश्यक कदम चाल्नु पर्ने पनि व्यक्त गरेको छ।

जानकारी तथा लेखहरु