फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरिया र अमेरिकाबीचको अविश्वासले कोरियाली प्रायद्वीपको स्थिति बिग्रिरहेको: चीनको परराष्ट्र मन्त्रालय

(GMT+08:00) 2017-10-12 18:22:25

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले कोरियाली प्रायद्वीपको स्थिति बिग्रिरहनुको मूल कारण उत्तर कोरिया र अमेरिकाबीच विश्वास र सुरक्षा अनुभवको अभाव भएको व्यक्त गर्नुभएको छ।

आज पैचिङ आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छोन यिङले उक्त कुरा बताउनुभएको हो। बताए अनुसार, उत्तर कोरियाका विदेशमन्त्री लि युङ हाउले आणविक सम्बन्धको आधारमा उत्तर कोरियाले वार्तामा भाग नलिने भन्दै उत्तर कोरियामाथि लागू शत्रु नीति रोक्ने वार्ताको पूर्वाधारको रुपमा राख्न अमेरिकालाई आग्रह गरेको व्यक्त गर्नुभएको छ। त्यसको प्रतिकृया दिँदै प्रवक्ता ह्वाले सम्बद्ध दुई पक्षबीच विश्वासको अभाव रहेकोले कोरियाली प्रायद्वीपको स्थिति बिग्रँदैआएको भन्दै वार्ता तथा सरसल्लाहले मात्रै कोरियाली प्रायद्वीपको समस्याको समाधान गर्नसकिने उल्लेख गर्नुभएको छ।

जानकारी तथा लेखहरु