फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायती कन्जर्भेटिभ पार्टीको मानव अधिकार आयोगका उपाध्यक्षलार्इ चीनमा आप्रवासन दिन अस्वीकार

(GMT+08:00) 2017-10-12 18:43:57

 

हालै बेलायतको कन्जर्भेटिभ पार्टीको मानव अधिकार आयोगका उपाध्यक्ष रोजर्स चीनको हङ्ग कङ्ग पुग्दा आप्रवासन अर्थात् प्रवेश अनुमति पाएनन्। त्यसको प्रतिकृया दिँदै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले कसलाई आप्रवासन गराउने र कसलाई नगराउने चीनको सार्वभौमिकतामा रहेको बताउनुभएको छ।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छोन यिङले उक्त कुरा बताउनुभएको हो। प्रवक्ता ह्वाले हङ्ग कङ्ग मामिला चीनको आन्तरिक मामिला भएको र चीन सरकार र विशेष प्रशासनिक क्षेत्र सरकारले ऐनबमोजिम समस्याको समाधानको व्यवस्था गरेको व्यक्त गर्नुभयो। कुनै पनि विदेशी सरकार, संस्था र व्यक्तिले कुनै पनि उपायमार्फत चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको खण्डमा चीनले कडा विरोध गर्ने पनि उहाँले उल्लेख गर्नुभयो।

हङ्ग कङ्गको आन्तरिक मामिला र न्यायिक स्वतन्त्रतामा हस्तक्षेप गर्न आएकोले उनलार्इ आप्रवासनको सुविधा नदिएको पनि प्रवक्ता ह्वाले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु