फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुदूरपश्चिममा ३० मेगावाट क्षमताको जलविद्युत् परियोजना तयार हुँदै

(GMT+08:00) 2017-10-13 16:04:00

        पाँच वर्ष ढिलाइ र झन्डै दोब्बर खर्च लागेको चमेलिया जलविद्युत् आयोजनाबाट मंसिरदेखि बिजुली उत्पादन हुने भएको छ। बैतडी र दार्चुला छुट्याउने नदी चमेलियामा निर्माणाधीन ३० मेगावाट क्षमताको जलविद्युत् परियोजना उत्पादनको चरणमा पुगेको छ। चमेलिया आयोजनाको विद्युत् आगामी नोभेम्बरबाट उत्पादन हुने आयोजनाको भनाइ छ।

        आयोजना प्रमुख अजयकुमार दाहालका अनुसार परीक्षण (ड्राई टेस्ट) को काम सकेर अन्तिम उत्पादन र प्रसारणको काम भइरहेको छ। साढे ४ किलोमिटर सुरुङको ३ टनेलमध्ये १ र ३ नम्बर बन्द गरिसकेको र २ नम्बर टनेल बन्द गर्ने कार्य भइरहेको छ। 'प्लकिङ र सुरुङ सरसफाइ सकिएपछि सिभिलतर्फको काम सकिनेछ। कान्तिपुर अनलाइनका अनुसार ६ वर्ष ढिलो उत्पादन गर्न थालेको भए पनि स्थानीय वासिन्दा खुसी छन्।

          ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत सुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ। ८ अर्ब अनुमान गरिएको आयोजनामा १५ अर्ब ६० करोड रुपैयाँमा आयोजनाले निर्माण कार्य सम्पन्न गर्न लागेको हो। २००७ मा सुरु भएको परियोजनाको सुरुको अनुमानित लागत मूल्य ८ अर्ब ५० करोड रुपैयाँ थियो। ठेकेदार कम्पनी चाइनाको गेजुवा ग्रुप (सीजीजीसी) र विद्युत् प्राधिकरणबीच सम्झौता हुँदा निर्माण कार्य २०११ मा सम्पन्न गर्ने लक्ष्य थियो।

जानकारी तथा लेखहरु