फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अरु देशले चीनको गरिबी उन्मूलन अनुभवबाट सिक्न सक्ने विश्व बैंकका प्रमुखको भनाई

(GMT+08:00) 2017-10-13 16:06:05

        विश्व बैंकका प्रमुख किम जिम-योङले हिजो अर्थात् बाह्र तारिख अरु मध्य आय भएका देशहरुले चीनको गरिबी उन्मूलन अनुभवबाट सिक्न सक्ने विचार व्यक्त गर्नुभएको छ।

         अमेरिकाको वाशिंटनमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक वार्षिक शरद सम्मेलनको उद्धाटनअघि पत्रकार सम्मेलनमा प्रमुख जिम-योङले आर्थिक सुधारमार्फत् दश करोड भन्दा बढी चिनियाँले गरिबी उन्मूलन गरेको बताउनुभयो। उहाँले विश्वमा चरम गरिबीको रेखामुनी रहेकाको कूल संख्या ठूलो मात्रामा घट्दै गएको बताउँदै चीनले विशाल भागको योगदान गरेको औंल्याउनुभयो।

         चीनको आर्थिक परिस्थितिबारे प्रमुख जिम-योङले चीनको आर्थिक परिवर्तन धेरै सफलता प्राप्त गरिएको बताउँदै पूर्वानुमान बमोजिम यसवर्ष स्थिरता कायम रहने बताउनुभयो।

जानकारी तथा लेखहरु