फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानका पूर्व राष्ट्रपति कार्जाइद्वारा अमेरिकी नयाँ रणनीतिको आलोचना

(GMT+08:00) 2017-10-13 16:06:44

        अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कार्जाइले हिजो बाह्र तारिख अमेरिकाले अफगानिस्तानबारे ल्याएको नयाँ रणनीतिको आलोचना गर्नुभएको छ। उहाँले अफगानिस्तानका नेताहरुले लोया जार्गा सम्मेलन तत्काल आयोजना गर्न आह्वान गर्दै यो राष्ट्रिय दीर्घकालीन संकटको समाधान गर्ने एकमात्र तरिका भएको बताउनुभयो।

         पूर्व राष्ट्रपति कार्जाइले हिजो आयोजित पत्रकार सम्मेलनमा अमेरिकाले गलत आतंकवाद प्रतिरोधी रणनीति लिएकाले चरमपन्थी संगठन "इस्लामिक स्टेट" झन् उठ्दै गएको र ठूलो परिमाणमा सर्वसाधारणको जीवन खेर गएको बताउनुभयो।

        उहाँले अफगानिस्तान र अमेरिकाले "द्वीपक्षीय सुरक्षा सम्झौता"मा हस्ताक्षर गरेपछि अफगानिस्तानभित्र सुरक्षा परिस्थिति झन् गम्भीर बनेको पनि टिप्पणी गर्नुभयो।

         यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अगष्ट एकाईस तारिख अफगानिस्तान सम्बन्धी नयाँ रणनीति सार्वजनिक गर्दै अफगानिस्तानबाट सैनिक फिर्ता नहुने घोषणा गर्नुभएको थियो।

जानकारी तथा लेखहरु